
१४ बैशाख,
बाँके : बाँकेको कोहलपुर नगरपालिका १२ नम्बर वडा अध्यक्षका उम्मेदवार कमरेड टेक बहादुर शाहीको यहीबेला कोहलपुरका शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संघसस्था, चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा नेकपा एमालेबाट वडा नम्बर १२ को बलियो उम्मेदवार रहेको निकै चर्चाको विषय बनेको छ ।
आगामी बैशाख ३० गते काे निर्वाचनका लागि काेहलपुर नगरपालिकाकाे १२ नम्बर वडा अध्यक्षको लागि सक्षम उमेदवार भएकोले एमालेका कार्यकर्ता लगाएत स्थानीय जनताहरुलाई अमुल्य भोट दिएर बहुमतले बिजय गराउन शाहीले अनुरोध समेत गरेका छन्। यद्यपी उनले अघिल्लो निर्वाचित भएका सरोकार वालाबाट पुरा नभएका बिकाश आफु निर्वाचित भए पश्च्यात पुरा गरी जनताको मतलाई सहि ठाउँमा सहि सदुपयोग गरिने घोषणा गरेका छन्।



उनले पाटी प्रती देखाएको लगनशिलता अनि जिम्मेवारी बोध अनि जनता प्रती गर्ने उच्च सम्मान र सहयोगले अत्याधिक मतले बिजयी हुने युवा नेता जनप्रतिनिधि हुन् ।
शाही आफ्नो वडामा हुने सामाजिक कार्य होस या कुनै आपतबिपद पर्दा होस दिनरात नभनेरै सहयोग र सेवामा खटिने गरेका कारण उनको कामको उच्च मुल्यांकन गरेर पार्टीले २०७९ साल बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदको रुपमा उम्मेद्बार बनाएको हो। पाटिले मात्र नभएर स्थानिय जनताहरुले पनि उनिलाई वडा अध्यक्ष हुन आग्रह समेत गरेका छन् ।
उनले लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आजका मितिसम्म वडाका लागि थुप्रै सर्हानीय कार्य गरिसकेका छन् । उनी देश कोरोनाले थलिएको बेला पनि दिनरात नभनी जनाताको सेवामा लागिरहेका थिए । चाहे त्यो बाढीपीडितका समस्या होस, चाहे अग्निपिडितको, चाहे कोरोनाले ग्रसित जनताको समस्यामा होस, उनले आफ्नो तर्फबाट स्थानियलाई सजिलै सेवा दिन सफल भएका छन् ।
त्यसैले उनिले २०७९ को स्थानिय चुनावमा आफू वडा अध्यक्ष भएपछी बाँकि रहेका थुप्रै अधुरा कामहरु पूरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउन कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता जनाएका छन् ।