९ माघ,
बाँके : बाँकेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा आज देखि दुईदिने ICT तालिम सुरुवात गरिएको छ।
कोहलपुर नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखा कोहलपुर बाँकेको आयोजनामा राखिएको वैकल्पिक सिकाई सहजीकरण अन्तर्गत शिक्षकहरुका लागि सूचना तथा संचार प्रविधि तालिममा सम्पुर्ण विद्यालयका शिक्षक/शिक्षिकाको भेला राखी दुईदिने यो तालिम प्राप्त गराएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन्।
प्रमुख रावतका अनुसार, नेपालमा कोभिड १९ को जोखिम हट्स्पस्ट बन्दै गएकोले देशभरका सम्पूर्ण विद्यालयहरु बन्द भईरहदा बाँकेको कोहलपुर नगरपालिका भित्र पर्ने सम्पूर्ण सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने असमर्थ भएपछी सबै सामुदायिक विद्यालयहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई अनलाईनको माध्यमबाट सिकाईको पूर्णता गरि राख्नका लागि विद्यालयका शिक्षक/शिक्षिकाहरुमा भरिपुर्ण ज्ञान/क्षमता नभएको हुदा वैकल्पिक सिकाई सहजीकरण अन्तर्गत शिक्षकहरुलाई सहभागी गरि यो तालिम प्राप्त गराएको बताए।
यस कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत भनछन्, “विद्यालयका सम्पूर्ण शिक्षक/शिक्षिकाहरुमा कम्प्युटर/ल्यापटप अनिवार्य रुपमा हुन पर्ने बताएका छन्।”
नगर प्रमुखले भने, “सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरुमा कम्प्युटर/ल्यापटप नभए कोहलपुर नगरपालिकाले ५०% प्रतिशत पैसा तिरेर नगरपालिकाबाट नै ल्यापटप/कम्प्युटर ल्याउन अनुरोध समेत गरेका छन्।” नगरपालिकामा ल्यापटप/कम्प्युटर स्टोकमा सामन रहेको “उनले भने”
वैकल्पिक सिकाई सहजीकरण अन्तर्गत शिक्षकहरुका लागि सूचना तथा संचार प्रविधि तालिम प्राप्त गरेका शिक्षक/शिक्षिकाहरुले आ-आफ्नो विद्यालयमा गई सोहि तालिम सिकाएर विद्यार्थीहरुमा पठनपाठन सुरु गर्न बताए।