२० चैत,

बाँके : बाँकेमा हाइस गाडीको ठक्करबाट आज शुक्रबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीका स्थानीय पाँच वर्षीय सुगन राना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका पाँच वर्षीय सुगन रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय